हिमालयन बैंकले वार्षिकोत्सवको अवसरमा गर्यो विभिन्न कार्यक्रम

Advertisement

काठमाडौं । हिमालयन बैंक लिमिटेडले तीसौं वार्षिकोत्सवको अवसरमा नेत्रधाम फाउण्डसनको सहकार्यमा माछापुच्छ्रे  गाउँपालिका–०१ स्थित माछापुच्छ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न गरेको छ । 

त्यसैगरी बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रिय कार्यालय, कमलादीमा बृहत रक्तदान कार्यक्रम गरेको हो । 

Advertisement

डा. सन्यम बजिमय नेतृत्वमा नेत्रधाम फाउण्डसनको सहकार्य तथा हिमालयन बैंकको आर्थिक सहयोगमा मिति माघ ४ गते देखि ६ गते निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको हो । उक्त तीन दिने शिविरमा माछापुच्छ्रे गाउँपालिकाका जम्मा ३९० जनाले निःशुल्क आँखा परिक्षण गराए भने २६ जनाले निःशुल्क मोतीबिन्दु र जलबिन्दुको शल्यक्रिया गराइ लाभ लिएका थिए । 

यसैगरी माघ ७ गते शनिबार कमलादी स्थित केन्द्रिय कार्यालयमा सम्पन्न गरेको रक्तदान  कार्यक्रममा उपत्यका भित्र र बाहिर गरी २०० जना भन्दा बढी कर्मचारीहरुको उपस्थिति थियो भने १०० जनाले रक्तदान गरी सहभागिता जनाए । 
 

Advertisement

Advertisement