हिमालय उर्जाले १ः२ अनुपातमा हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

Advertisement

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले १ः२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । 

यसैक्रममा शेयर निष्काशनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । आइतबार एक समारोहका बीच बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । 

Advertisement

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः२ अनुपात हकप्रद शेयर जारी गर्न लागेको हो । 

हकप्रद जारी गर्ने निर्णय विद्युत नियमन आयोगको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि १०० रुपैयाँ अंकित मूल्यमा कुल १ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने जनाएको छ ।

Advertisement

Advertisement