नेशनल लाईफले १५० शाखा प्रमुख र मार्केटिङ कर्मचारीलाई दियो तालिम

Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ दिने ब्रान्च मेनेजर कन्फ्रेन्स  नगरकोट स्थित होटल मिस्टिक माउण्टेनमा सम्पन्न गरेको छ । 

कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसाय संग सम्वन्धित वर्तमान पाटो बारे विवेचनागरी चालु आ.व.को बाँकी अवधिको व्यवसायिक खाका कोर्ने उदेश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

Advertisement

विभागिय प्रमुख तथा देशैभरीबाट शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको उक्त सम्मेलनको समुद्घाटन गर्दै कम्पनीका सीईओ खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासील गरी बीमा बजारमा अग्र स्थानमा पुर्याउन हामी सबैले आ– आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नु पर्ने सुझाव दिए । 

यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा ऐन २०७९ ले  व्यवस्था गरेका बिषयहरुमा प्रस्तुती दिनु हुँदै नयाँ बीमा ऐन २०७९ जारी भएपछि प्राधिकरणले बीमा संग सम्वन्धित हरेक विषयलाई कानुनी रुपमा नै नियमन गर्न सक्ने फराकिलो दायरा तय भएको बारेमा विस्तृत जानकारी गराए । 

शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरुलाई कम्पनीका सहायक महाप्रवन्धक प्रज्वल सायमीले केन्द्रिय कार्यालयबाट सम्पन्न गरिने विभागिय काम कार्यवाहीमा शाखा कार्यालयको भूमिकाका बारेमा प्रस्तती दिएका थिए । 

यसैगरी सम्मेलनमा सहभागि कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले व्यवसायिक दक्षता अभिवृद्धि गराउने उदेश्यले व्यक्तित्व विकास सम्वन्धमा र प्रोडक्ट मिक्सिङका प्राविधिक पक्षहरुको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । 

Advertisement

Advertisement