विद्युत् प्राधिकरणले अटेर गर्दै चार्जिङ स्टेसनमा डिमाण्ड शुल्क लिएपछि सुन्दर यातायात बन्द

Advertisement

काठमाडौं । सुन्दर यातायात प्रा.लि.ले विद्युत नियमन आयोगले निर्देशन दिँदा पनि अटेर गदै नेपाल विद्युत प्राधिकरणले डिमाण्ड चार्ज लिँदै आफ्नै लगानीमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेशन बन्द भएको बताएको छ । 

आयोग र स्वयम् प्राधिकरणलाई विधुतीय सवारी साधन चार्जिङ स्टेशनको नाममा लिँदै आएको डिमाण्ड शुल्क हटाउनुपर्छ कम्पनीले पटक पटक आग्रह गरेको र आफूहरुले दिएको निवेदनका आधारमा आयोगले त्यस्तो शुल्क हटाउने निर्णय समेत गरी प्राधिकरणलाई निर्देशन दिएको एक बर्ष भइसक्दा पनि प्राधिकरणले शुल्क लिन नछोडेको बताउँदै कम्पनीले विद्युत् खपत बढाउँ भनि सरकारले नाटकीय रुपमा आहान गर्ने र आफ्नो निर्णय आफै कार्यान्वयन नगरि जनतालाई विधुतीय सवारी साधन सञ्चालनमा रोक्न नयाँ किसिमको योजनाका साथ सरकार उपस्थित भएको गुनासो गरेको छ । 

Advertisement

विद्युतीय सवारी साधन बन्द गर्ने नयाँ योजना सरकारले ल्याएकोमा सरकारलाई कम्पनीले बधाई पनि दिएको छ । सुन्दर यातायातले सञ्चालन गर्दै आएको चार्जिङ मेसिन र विद्युतीय बस मंगलबारबाट बन्द गर्ने घोषणा गर्दै सरकारको असहयोगको कारणले यो निर्णय लिन बाध्य हुनपरेको बताएको छ । 

Advertisement

Advertisement