भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि प्रचारप्रसार गरिदिन हानको आग्रह

Advertisement

काठमाडौं । कोभिड–१९ पछिको पर्यटनलाई बढावा दिन भन्दै होटल संघ नेपाल (हान)ले इण्डियाको राजस्थानस्थित उदयपुर होटल संघसँग अन्तरक्रिया गरेको छ । 

हानसँग अन्तरक्रिया गर्न उदयपुर होटल संघका अध्यक्ष धीरज दोशीको नेतृत्वमा टोली नेपाल आएको थियो । उनीहरुलाई हानकी अध्यक्ष सिर्जना राणाले स्वागत गरेकी थिइन् । 

Advertisement

उनले उदयपुर होटल संघमार्फत नेपालमा भारतीय पर्यटकहरुलाई भ्रमणका लागि प्रचारप्रसार गरिदिन आग्रह पनि गरिन् । राणाले नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी पुस्तक पनि हस्तान्तरण गरिन् ।  

दोशीले आगामी दिनमा हानसँग सहकार्य गर्दै दुई देश बीचको पर्यटन प्रवर्द्धनमा सशक्त ढंगले अगाडि बढ्ने बताए ।

Advertisement

Advertisement