काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले नामिबियामाथि दुई विकेटको कीर्तिमानी जित हासिल गरेको छ ।
ओपनर कुशल भुर्तेलको शतक, कप्तान रोहित पौडेलको बलियो साथ, करण केसीको पाँच विकेटको मद्दतमा नेपालले घरेलु मैदानमा मंगलबार नामिबियामाथि जित निकाल्न सफल भएको हो ।
नामिबियालाई नेपालले २८६ रनको लक्ष्य दिएको थियो । भुर्तेलको ११५ रनको मद्दतमा नेपालले ४७.४ ओभरमा आठ विकेट गुमाएर जित हासिल गर्यो । नेपालले एक दिवसीय खेलमा बनाएको २८७ रन अहिलेसम्मकै ठूलो स्कोर हो । भुर्तेलले ११५ रन बनाएपछि नेपालले २८६ रनको लक्ष्य १४ बल अगाडि नै पूरा गर्यो ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो विजय लक्ष्य रन पार गरेको हो । भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाउने क्रममा १० चौका र चार छक्का प्रहार गरे ।
यस विजयले नेपालले एकदिवसीय मान्यता जोगाई राख्ने आशा बढेको छ । नेपालले अब लिग २ मा आफ्नो बाँकी रहेको ११ मध्येको आठ खेल जित्नुपर्नेछ । आजको खेलमा सन्दीप लामिछाने पहिलो बलमै आउट भए । नामिबियाका रुबेन ट्रमपेलमानले १० ओभरमा ४८ रन खर्चेर तीन विकेट लिएका थिए ।
यसअघि माइकल भान लिङगेनको सानदार सतकमा टस हारेर ब्याटिङमा आएको नामिबियाले निर्धारित ५० ओभर पूरा खेली २८५ रनमा अलआउट भएको थियो ।