डिशहोमले नयाँ जडानको मूल्य एक हजारले घटायो

Advertisement

काठमाडौं । डिशहोमको नयाँ जडान अब दुई हजार ९९९ मा गर्न सकिने भएको छ । सीमित अवधिको लागि भन्दै डिश मिडिया नेटवर्कले जडानको मूल्य एक हजार रुपियाँले घटाएको हो । डिशहोमले आफ्ना ग्राहकहरुलाई अझै बढि सेवासुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाइने अफर समेत सञ्चालन गरिरहेको बताएको छ ।  

डिशहोमका डिलरहरुमार्फत फण्ड ट्रान्सफर तथा अनलाईन माध्यमबाट बार्षिक रिचार्ज गर्दा साप्ताहिक गोलाप्रथामा भाग लिने अवसर प्राप्त हुने र हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले नगद रु एक लाख प्राप्त गर्ने कम्पनीले बताएको छ । यस्तै डिशहोमको नियमित रिचार्जमा २० प्रतिशतसम्म बोनस पाउन सकिन्छ । 

Advertisement

डिशहोमका डिलरहरुमार्फत फण्ड ट्रान्सफर वा रिचार्ज कार्डबाट मात्र रिचार्ज गर्दा एक महिना वा एक हजारभन्दा कमको रिचार्जमा पाँच प्रतिशत, एक हजारको रिचार्जमा १० प्रतिशत वोनस र दुई हजारको रिचार्जमा २० प्रतिशत बोनस, तीन महिनाको रिचार्जमा एक महिना बोनस, छ महिनाको रिचार्जमा तनि महिना बोनस प्राप्त गर्न सकिन्छ । 

नेपालभर रहेका डिशहोमका डिलर, तथा सबडिलर बिक्रेताहरुमार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरि थप बोनस योजनामा सहभागिता जनाउन सक्नेछन् । साथै, रिचार्ज कार्डबाट बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement