काठमाडौं । एभरेष्ट बैंकले बैंकिङ सेवाहरु अटोमेसन गर्नका लागि क्विक फक्स कन्सल्टेन्सीसँग सम्झौता गरी रोबोटिक प्रोसेस अटोमेशनको यात्रा शुरु गरेको छ ।
बैंकले निरन्तर रुपमा सबल हुन, प्रतिस्पर्धी रहन र ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्न अटोमेशनको यात्रा सुरु गरेको जनाएको छ ।
बैंकले प्रदान गर्ने सेवाहरुमा अधिकांश प्रक्रियाहरु दोहोरिने, प्रक्रियागत रुपमा सञ्चालन नहुने र एकै प्रकृतिका समेत हुने भएको भन्दै त्यसलाई पूरा गर्न बैंकले अटोमेशनको यात्रा तय गरेको बताएको छ ।
एभरेष्ट बैंकमा हालसम्म १३ लाख भन्दा बढी ग्राहकहरु छन् भने १२३ शाखा सञ्जाल छन् । त्यस्तै, तीन एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय तथा १६० एटीएम रहेको बैंकले सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिई रहेको छ ।