सेवा शुल्क खारेजपछि कर्मचारीलाई कूल बिक्रीको ७.२ प्रतिशत दिने बर–पिपल रिसोर्टको निर्णय

Advertisement

काठमाडौं । पर्यटकीय नगरी पोखरामा रहेको बर–पिपल रिसोर्टले आफ्ना कर्मचारीलाई कूल बिक्रीको ७.२ प्रतिशत रकम दिने निर्णय गरेको छ । अदालतको आदेशसँगै ग्राहकसँग होटल तथा रेष्टुरेन्टले सेवाशुल्क र करवापत भनेर अतिरिक्त रकम लिन नपाउने भएपछि बर–पिपलले आफ्ना कर्मचारीहरुको प्रोत्साहनका लागि यस्तो निर्णय गरेको हो ।  

कोभिड–१९ महामारीको समयमा निर्मित लेकसाइडस्थित चारतारेस्तरको डिलक्स रिसोर्ट ‘बर पीपल’ले कर्मचारीका लागि यस्तो निर्णय गरेको बताएको हो । 
रिसोर्टका व्यवस्थापक पदम न्यौपानेले सर्वोच्च अदालतले गत माघ १२ देखि होटल तथा रेस्टुरेन्टले लिँदै आएको १० प्रतिशत सेवा शुल्क हटाउन आदेश दिएकाले रिसोर्टमा काम गर्ने कामदार एवं कर्मचारीमा पर्नसक्ने असर एवं आर्थिक समस्यालाई मध्यनजर गर्दै गएको माघ १५ गतेबाट लागू हुनेगरी प्रत्येक महिना रिसोर्टको कूल बिक्रीको ७.२ प्रतिशत रकम कर्मचारीहरुलाई प्रोत्साहन भत्तास्वरुप उपलब्ध गराउने निर्णय गरेको बताए । 

Advertisement

उनले भने, ‘सरकारको निर्णयले होटल, रिसोर्ट तथा रेस्टुरेन्टहरुका कर्मचारीलाई मर्का पर्ने भयो । यसले कर्मचारी पलायन हुने अवस्था आयो । अहिलेको यस्तो महंगीमा उनीहरुले कमाएको पैसाले कोठा भाडा पनि तिर्न पुग्दैन् । कसरी परिवार पाल्ने ? बालिबालिका कसरी पढाउने ? सो कुरालाई विचार गरेर बिक्रीबाट निश्चित रकम कर्मचारीका लागि छुट्टाउने निर्णय भएको हो । न्यौपानेले आफूहरुको रिसोर्टमा ७० जना कर्मचारी कार्यरत रहेको र सबै खुशी रहेको दावी गरे । 

Advertisement

Advertisement