त्रिभुवन विमानस्थलमा सर्भर नचलेर फेरि अन्तर्राष्ट्रिय उडानहरु प्रभावित

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्भर नचलेर फेरि उडान सेवा प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडान जस्तो गम्भीर विषयमा यसअघि पनि पटक पटक सर्भरको समस्या देखिँदै आएको थियो । 

सोमबार दिउसो सर्भरमा समस्या देखिएको त्रिभुवन विमान कार्यालयले जनाएको छ । सिस्टममा समस्या आएपछि प्राविधिहरु बोलाएर मोवाइल डाटा कम्प्युटरमा कनेक्ट गराएर हटस्पटमार्फत हेर्ने र समस्या समाधानको प्रयास भइरहेको जनाइएको छ । 

Advertisement

विमानस्थलका प्रवक्ता टेकनाथ निरौलाले भने अहिले समस्या समाधान भइसकेको बताए । उनले सिस्टम नचलेपछि म्यानुअल्ली नै काम गरिएको र अहिले सर्भर पनि चलिसकेको बताए । सिस्टम नचलेर उडान ढिलो भएपछि यात्रुहरु आक्रोसित भएका थिए । 

Advertisement

Advertisement