काठमाडौं । विनाशकारी भूकम्पको चपेटामा परेको टर्कीमा पुनः शक्तिशाली भूकम्प गएको छ । ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको दुई सातपछि टर्कीमा ६.३ म्याग्नेच्युडको भूकम्प गएको हो ।
दक्षिणी टर्कीको हात्य प्रान्तलाई केन्द्रविन्दु बनाएर सोमबार भूकम्प जाँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने सैयौं घाइते भएको टर्कीको विपद् तथा आकस्मिक व्यवस्थापन निकायले जनाएको छ ।
सोमबारको भूकम्पमा परी करिव तीनसय जना घाइते भएका छन् । पछिल्लो भूकम्पको असर सिरियामा पनि परेको थियो । दुई साताअघि गएको ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ४६ हजार नाघेको छ ।