नेपालमा आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्नेको संख्या १३ हजार नाघ्यो

Advertisement

काठमाडौं । सन् १९५३ देखि २०२२ को बसन्त ऋतुसम्म नेपालमा रहेका आठ हजार मिटर अग्ला हिमालहरु आरोहण गर्नेको संख्या १२ हजार ९९५ पुगेको छ । सरकारी तथ्यांकअनुसार नेपालमा रहेका आठ वटा आठ हजार मिटर अग्ला हिमाल चढ्नेको संख्या झण्डै १३ हजार पुगेको हो । 

सन् २०२२ को शरद ऋतुपछि आरोहण गर्नेहरुको विवरण पर्यटन विभागले अझै अद्यावधिक गर्न सकेको छैन् । यो विवरणसमेत जोड्दा आरोहण गर्नेको संख्या १३ हजारभन्दा बढी हुन्छ । विश्वमा आठ हजार मिटर अग्ला हिमाल १४ वटा रहेकोमा नेपाल तीमध्ये आठ वटा नेपालमा छन् । नेपालमा रहेका हिमालमध्ये सबैभन्दा धेरैले आरोहण गरेको हिमाल सर्वोच्च शिखर सगरमाथा हो । यो हिमालमा २०२२ को वसन्त ऋतुसम्म सात हजार ६२१ जनाले आरोहण गरेका छन् । 

Advertisement

सगरमाथको पहिलो सफल आरोहण नेपालका तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ को मे २९ गरेका थिए । सन् २०२२ को वसन्त ऋतुसम्म कञ्चनजंगा चढ्ने ५५१, ल्होत्से चढ्ने एक हजार २१, मकालु चढ्ने ६७३, धौलागिरी चढ्ने ६३८, अन्नपूर्ण–१ चढ्ने ४०७, चो ओयु चढ्ने १४, मनास्लु चढ्ने दुई हजार ७१६ रहेका छन् । 

कुन हिमाल चढ्न कति रोयल्टी (राजश्व) बुझाउनुपर्छ ? 
सगरमाथा 
(विदेशीलाई)
वसन्त ऋतुमाः ११ हजार डलर 
शरद ऋतुमाः पाँच हजार पाँच सय डलर, 
विन्टर÷ग्रीष्मा ऋतुमाः दुई हजार ७५० डलर

(नेपालीलाई)
वसन्त ऋतुमाः ७५ हजार रुपियाँ
शरद ऋतुमाः ३७ हजार पाँच सय रुपियाँ
विन्टर÷ग्रीष्म ऋतुमाः १८ हजार २५० रुपियाँ

सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल
(विदेशीलाई) 
वसन्त ऋतुमाः एक हजार आठ सय डलर
शरद ऋतुमाः नौ सय डलर
विन्टर÷ग्रीष्म ऋतुमाः ४५० डलर


(नेपालीलाई) 
वसन्त ऋतुमाः १० हजार रुपियाँ
शरद ऋतुमाः पाँच हजार रुपियाँ
विन्टर/ग्रीष्म ऋतुमाः दुई हजार पाँच सय रुपियाँ

सात हजारदेखि सात हजार ९९९ मिटर अग्ला हिमाल
(विदेशीलाई)
वसन्त ऋतुमाः छ सय डलर
शरद ऋतुमाः तीन सय डलर
विन्टर/ग्रीष्म ऋतुमाः १५० डलर

(नेपालीलाई) 
वसन्त ऋतुमा छ सय रुपियाँ, 
शरद ऋतुमा तीन सय रुपियाँ, 
विन्टर/ग्रीष्म ऋतुमा १५० रुपियाँ

सात हजारदेखि सात हजार पाँच सय मिटर अग्ला हिमाल
(विदेशीलाई) 
वसन्त ऋतुमाः पाँच सय डलर
शरद ऋतुमाः २५० डलर
विन्टर/ग्रीष्म ऋतुमा १२५ डलर

(नेपालीलाई)
वसन्त ऋतुमाः छ हजार रुपियाँ, 
शरद ऋतुमाः तीन हजार रुपियाँ
विन्टर/ग्रीष्म ऋतुमाः एक हजार पाँच सय रुपियाँ

छ हजार ५०१ मिटरदेखि छ हजार ९९९ मिटरका हिमाल
(विदेशीलाई) 
वसन्त ऋतुमाः चार सय डलर
शरद ऋतुमाः दुई सय डलर
विन्टर/ग्रीष्म ऋतुमा सय डलर

(नेपालीलाई) 
वसन्त ऋतुमाः पाँच हजार रुपियाँ
शरद ऋतुमा दुई हजार पाँच सय रुपियाँ
विन्टर/ग्रीष्म ऋतुमा एक हजार २५० रुपियाँ

अमा दब्लम हिमाल
(विदेशीलाई) 
वसन्त ऋतुमाः चार सय डलर
शरद ऋतुमाः चार सय डलर
विन्टर/ग्रीष्म ऋतुमाः दुई सय डलर

(नेपालीलाई)
वसन्त ऋतुमा आठ हजार रुपियाँ
शरद ऋतुमा आठ हजार रुपियाँ
विन्टर/ग्रीष्म ऋतुमाः चार हजार रुपियाँ

छ हजार पाँच सय मिटरभन्दा मुनीका हिमाल
(विदेशीलाई)
वसन्त ऋतुमाः २५० डलर
शरद ऋतुमाः १२५ डलर
विन्टर/ग्रीष्म ऋतुमाः ७० डलर

(नेपालीलाई)
वसन्त ऋतुमा चार हजार रुपियाँ
शरद ऋतुमा दुई हजार रुपियाँ
विन्टर/ग्रीष्म ऋतुमाः एक हजार रुपियाँ

नेपालमा रहेका आठ वटा आठ हजार मिटर अग्ला हिमालः
सगरमाथाः ८,८४८.८६ मिटर
कञ्चनजंगाः ८५८६ मिटर
ल्होत्सेः ८५१६ मिटर
मकालुः ८४६३ मिटर
चो ओयुः ८२०१ मिटर
धौलागिरीः ८१६७ मिटर
मनास्लुः ८१६३ मिटर
अन्नपूर्ण–१ ८०९१ मिटर

नेपालमा नरहेका आठ हजार मिटर अग्ला हिमाल
केटुः ८६११ मिटर
नाङ्गा पर्वतः ८,१२५ मिटर
गसेरब्रुम–१ः ८०६३ मिटर
ब्रोडपिकः ८०४७ मिटर
गसेरब्रुम–२ः ८,०३५ मिटर
शिशपाङ्माः ८,०१२ मिटर

Advertisement

Advertisement