भन्सार नाकामा रहेका सवारी छुटाउन अटो व्यवसायीद्वारा महानिर्देशक बुढासँग आग्रह

Advertisement

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष धु्रव थापाको नेतृत्वको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासंग गरेको छ । 

उक्त अवसरमा भन्सार नाकाहरुमा लामो समयदेखि रहेका सवारीका साधनहरु छुटाउने सम्बन्धमा सहज निकासका लागि आग्रह गरेको हो । 

Advertisement

छलफलमा नाडाका अध्यक्ष थापाले सरकारले सवारी साधनहरुको आयातमा लगाएको प्रतिवन्ध खुलाए पनि प्रतिवन्ध लगाउनु अघि देखि नै नेपाल राष्ट्र बैंकले लागु गरेको अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा नल्याएसम्म सवारी साधनहरुको खरिद विक्रीमा कुनै सुधार हुन नसकेको बताए । यसैकारण सवारी साधन पैठारीकर्ताहरुले भन्सार नाकाहरुबाट आफ्ना सवारी साधनहरु उठाउन नसकेको स्पष्ट पारे ।  

नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले कार जीप र भ्यान जस्ता सवारी साधनहरुको बजार वार्षिक १७÷१८ हजार रहेकोमा अहिले त्यो घटेर ७÷८ हजारमा झरेको बताउनु हुदै कूल सवारी साधनहरुको विक्रीे ८५ प्रतिशतसम्म बैंक ऋणबाटै हुने गरेको समेत बताए । 

नाडाका सहकोषाध्यक्ष पंकज अग्रवालले एलसि खोलेर ल्याएका स्पेयर पार्टसहरुको मूल्याङ्कनमा पनि समस्या आईरहेकोले पैठारीकर्ताले पेश गरेको विल मूल्यलाई मान्यता दिन आग्रह गर्दे सन्दर्भ मूल्य सूचिले व्यवसायीहरुलाई धेरै समस्या परिरहेकोले सो सन्दर्भ मूल्य सूचिलाई खारेज गर्नु पर्ने धारणा राखे ।  

व्यवसायीको गुनासो सुनेपछि महानिर्देशक बुढाले भन्सार नाकाहरुमा रहेका सवारी तथा ढुवानीका साधनहरुको सम्बन्धमा मन्त्रालयमा समेत पटक पटक छलफल भईसकेको जानकारी दिंदै नेपालका कुन कुन भन्सार नाकाहरुमा के कस्ता ब्राण्डका के कति संख्यामा सवारीका साधनहरु (दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे वाहेक) भन्सार परिसरमा छुटाउन बाँकी रहेका छन् त्यसको विवरण यथाशीघ्र विभागमा पठाई दिन अनुरोध गरे । 

विभागले छिटै मूल्याङ्कन गोष्ठिको आयोजना गर्न लागेको समेत जानकारी दिए । छलफलमा नाडाका सचिव विक्रम सिंहानिया लगायत कोषाध्यक्ष मिलनबाबु मल्ल समेतको उपस्थिति थियो ।
 

Advertisement

Advertisement