जी-२० देशका अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर पौडेल स्वदेश फिर्ता

Advertisement

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारतको बेंङलुरुमा आयोजित जी २० देशकाका अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका छन् । 

सम्मेलनमा भाग लिनुका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे  छलफल गरेका थिए । 

Advertisement

जी २० का अर्थमन्त्रीहरुको सम्मेलन शुक्रबार र शनिबार भएको थियो । सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडल फागुन ११ गते भारत गएका थिए । 

नेपाल जी २० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले नेपाललाई निमन्त्रणा गरेको थियो ।  
 

Advertisement

Advertisement