मन्त्री नारायणकाजी श्रेष्ठले बीस दिनमै यातायात विभागका महानिर्देशक गौतमलाई हटाए

Advertisement

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको सरुवा भएको छ । जिम्मेवारी सम्हालेको २० दिन नपुग्दै उनको सरुवा गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गौतमको सरुवा गरेका हुन् । गौतमलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ । विभागमा गौतमभन्दा अघि डा. टोकराज पाण्डे महानिर्देशक थिए । 

Advertisement

सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षासम्वन्धी नयाँ व्यवस्थालाई लिएर गौतमको सुरुवा गरेको हुनसक्ने अडकल गरिएको छ । यातायात व्यवस्था विभाग पहिलेदेखि नै विवादित सरकारी अड्डा हो । सवारी चालक अनुमति पत्र छपाई र परिक्षा सञ्चालन गर्दै आएको विभागले समयमै काम गर्न नसक्दा धेरै आलोचना पनि खेप्दै आएको छ । 

विभागले स्मार्ट लाइसेन्स सुरु गरेपनि वर्षौंसम्म लाइसन्स वितरण गर्न सकेको छैन् । विभागले भारतको विवादित कम्पनी मद्रास सेक्युरिटीलाई प्राविधिक जिम्मा दिँदा थप विवाद बढेको हो । 

Advertisement

Advertisement