काठमाडौं । सीवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त मर्ज भई फागुन ३० गतेदेखि एकीकृत कारोबार हुने भएको छ ।
दुई कम्पनी एक भई सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुन लागेको हो ।
मर्जरपश्चात कम्पनीको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका वडा नं ८ सभागृहचोक कास्कीमा रहने जनाइएको छ ।
डाटा माइग्रेशन प्रयोजनको लागि फागुन २८ र २९ गते सबै सेवा बन्द रहने दुबै कम्पनीद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।