पर्वतीय पर्यटनका लागि ‘दोर्दी’ विशाल सम्भावना, ‘क्याम्पिङ ट्रेक’का लागि अनेक स्थान

Advertisement

काठमाडौं । पर्वतीय पर्यटनका लागि दोर्दी गाउँपालिका राम्रो सम्भावना भएको क्षेत्र हो । केही दिनको क्याम्पिङ ट्रेक (सामुहिक पदयात्रा अभियान)का लागि यहाँ अनेक स्थान छन् । 

दोर्दीको नौथरसेराबाट शुरू गरेर इलमपोखरी, लिपे लेकहुँदै दाम्राङबाट फेरि नौथरसेरा झर्ने ४ दिने पदत्राया गर्न सकिन्छ । नौथर शेरा ईलमपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे, उखण्ड ताँजे नौथर शेरा ८ दिनको ट्रेकिङ रुट रहेको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी बताउँछन् । 

Advertisement

नौथर शेरा ईलमपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह्र पोखरी हुँदै  हिलेटक्सार, पुरानो दुवार वा पिसहिल तर्फबाट बेंसीशहर ११ दिनको ट्रेकिङ जान सकिन्छ । लिपेको सिधै अगाडि देखिने मिमालचुली हिमाल (७८८३ मिटर) पनि दोर्दी गाउँपाकिकामा रहेको छ । 

हिमाल आरोहण बारे सम्भावनाको खोजी भइरहेको अधिकारीले बताए । लिपे लेकबाट नौटांचे, दूधपोखरी हुँदै गोर्खाको अजिरकोट निस्केर रुबिनाला पास हुँदै लार्केपास छिचोलेर मनाङ निस्कन सकिन्छ । मानव वस्ती नभएकाले यो   रुटमा मोटरबाटो छैन् । जसकारण यस रुटमा ट्रेकिङका लागि सवारीसाधनले हुने कुनै अवरोध नहुने उनको भनाइ छ । 

पश्चिमतिरको रुट बाह्रपोखरी हुँदै मेमे पोखरी जान समेत सकिने, उनले भने । पूर्वतिरको रुट इलमपोखरी हुँदै लिपे जान सकिन्छ । पूर्वी रुटको लिपे र पश्चिम रुटको मेमे पोखरी जोडनका लागि अहिले गाउँपालिकाले काम गरिरहेका अधिकारीले जानकारी दिए । 

उनले भने, ‘इलमपोखरी–लिपे–दाम्राङ छोटो समयको उत्कृष्ट ट्रेकिङ जान रुचाउने व्यक्तिका लागि र हिमाल आरोहण अघिको ‘वार्मअप’ ट्रेकको रुपमा पनि जान सकिन्छ । यी रुटहरूमा ट्रेकिङ गर्दै गर्दा लालीगुराँसको जंगलै जंगल हिँडन पाइन्छ । गुराँस फुल्ने समयमा विभिन्न रङ्गका गुराँसको जंगल छिचोल्नुको मज्जा बेग्लै हुन्छ ।’ 

यहाँको रुटहरू राउण्ड ट्रेक भएकाले यात्रा सकिँदासम्म उत्साह कायम रहने अध्यक्ष अधिकारीले थपे । मानव वस्ती नभएको सो क्षेत्रमा ट्रेकिङ गरिरहेका पर्यटकहरूलाई सहज होस् भन्ने हिसाबले गाउँपालिकाले रुटमा पर्ने भेडिगोठहरूलाई सेल्टरको रुपमा विकसित गर्ने कार्य गरिरहेको छ । 

गाउँपालिकाको समन्वयमा भेडिगोठका मालिक तथा भेडा गोठालाहरूलाई पर्यटन संस्कृति विकासका साथै अतिथिको स्वागत गर्ने लगायतका विषयमा आवश्यक प्रशिक्षण गराउने काम यस गाउँपालिकाले गर्दै आइरहेको छ । सो रुटमा ट्रेकिङ गरिरहेका पर्यटकहरू हावाहुरी वा हिमपात भइरहेको अवस्थामा भेडिगोठलाई सेल्टर बनाएर बस्न सक्छन् भन्ने अपेक्षा लिएका उनले बताए ।

‘मानव वस्ती नरहेका कारण यी रुटहरूमा मोटरबाटोको विस्तार हुने अवस्था छैन् । जसकारण ट्रेकिङको अर्गानिक स्वाद लिनका लागि पनि यो रुट निकै नै शान्त एवम् आनन्ददायी हुने हामीले अपेक्षा लिएका छौं’, अधिकारीले बताए । उनले भने, ‘छोटो ट्रेकका लागि अत्यन्तै उत्तम रुट रहेको यस क्षेत्रमा पर्यटकहरूलाई स्वागत गर्न गाउँपालिका आतुर छ ।  रुटहरूमा भेडिगोठहरू पर्यटकहरूको अविराम प्रतिक्षामा छन् ।’ 

उक्त रुटहरूबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्णदेखि मनास्लुसम्मको हिमशृङ्खलाहरूको दृश्य निकै मनमोहक देखिन्छ । इलमपोखरी लगायतका धार्मिक तथा ऐतिहासिक महत्वको यस क्षेत्रको अवलोकन गरि धार्मिक पर्यटन तथा ट्रेकिङको मज्जा लिन सकिने छ । 

पर्यटन व्यवसायी राजेन्द्र वस्तीले लमजुङ पर्यटकीय हिसाबले अन्नपूर्ण टे«क यही भएकाले र धेरै होमस्टे लगायतका हिमालहरु हेर्नसक्ने भएको हुनाले लमजुङ पर्यटन व्यवसायमा अगाडी रहेको बताए । सम्भावनाभित्र लुकेर बसेका सम्भावना दोर्दी गाउँपालिका हो भन्दै उनले अन्नपूर्ण टे«कका लागि पर्यटकहरु मर्स्यास्याङ्दीको बाटो हुँर्दै मनाङ जाने गरेका छन् । तर मर्स्यास्याङ्दीलाई छोडेर हिंडेर पुगिन्छ, लिपे टे«क । 

वस्तीले भने, ‘अहिले चाहिं हामीले सिप्फोअल्ड सेल्टर भनेका छौं । लिपे टे«कमा जोडिने सिप्फोअल्ड सेल्टर यो एउटा नयाँ आकर्षण हो । यसलाई भर्जिन टे«कको रुपमा लिइन्छ । म पनि एक पटक गएको छु दुई– तीन वर्ष पहिले ।’ अरु रुटमा हिंड्नुभन्दा यो रुटमा हिंड्दा मानिसले शान्ति प्राप्त गर्ने, हिंड्न पनि सजिलो हुने उनले अनुभव सुनाए । 

आफूहरुले कृषि र पर्यटनलाई जोडेको र कृषि फर्म सेल्टर हुनेगरी डेढ–दुई सय रोपनी जमिन जम्मा गरेर कृषि पनि गर्दै आएको बताउँदै कृषि, पर्यटन र यो भर्जिन टे«कलाई जोडेर व्यवसाय गर्न खोजेको बताए । वस्तीले भने, ‘यो व्यवसाय राम्रो सम्भावना भएको क्षेत्र हो । पहिचान भएको क्षेत्र हो ।’ 

पर्यटन व्यवसायी बलराम थापाका अनुसार भेडिगोठ पनि सेल्टर पर्ने भएको हुनाले त्यसलाई सिप्फोअल्ड सेल्टर भनेर भन्न सकिन्छ । यो काठमाडौंबाट नजिकको गन्तव्य हो । उनले भने, ‘जुन दृश्यहरु देखिन्छ, यति राम्रो छ । म यहाँ चार दिन टे«कमा गएको थिएँ । यो लुकेको क्षेत्र हो । पर्यटन क्षेत्रको हिसाबले यसलाई लम्ब्याएर जति दिन पनि टे«क गर्न सकिन्छ ।’ तर छोटो मिठो गन्तव्य भएको हुनाले । यो गन्तव्य पुनहिल भन्दा कम नभएको थापाको जिकिर छ । 


 

Advertisement

Advertisement