कतारी राजकुमारी थानी, चर्चित जुडो खेलाडी सव्रिना अन्नपूर्ण १ आरोहण गर्न म्याग्दी पुगे

Advertisement

नाम्चे । कतारी राजकुमारी शेखा आस्मा अल थानी, चर्चित जुडो खेलाडी तथा ओलम्पिक खेलमा स्वर्ण पद विजेता सव्रिना फिल्जमोजरले अन्नपूर्ण १ (८०९१ मिटर) आरोहण गर्न म्याग्दी पुगेकी छन् ।

इलाइट हिमालयन ऐडभेन्चरका सह–संस्थापक तथा विश्व कीर्तिमानी पर्वतारोही मिङमा डेविड (ग्याबु)शेर्पाले कतारी राजकुमारी थानी, सव्रिना र अरु पाँच जना विदेशी आरोहीहरु अन्नपूर्ण १ आरोहण गर्न लागेको जानकारी दिए । 

Advertisement

सातै जना आरोही विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ अग्ला हिमालहरु आरोहण गने मिशनमा छन् । मौसमले साथ दिए पालो पालो हिमालहरु आरोहण गर्दै जाने उनले जानकारी दिए ।

वसन्त सिजनको आरोहण गर्न पर्यटन विभागबाट अनुमति लिने थानीको टोली पहिलो भएको बताउँदै इलाइटका शेर्पाले उनीहरुलाई विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले गाइड गर्ने बताए ।

सव्रिनाले विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको सफल आरोहण गरिसकेकी छन् । 

Advertisement

Advertisement