इन्जिनमा आगो लागेको श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेकोमा काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

उक्त एयरलाइन्सको उडान नं. ८२१ को जहाजमा आगो लागेपछि धादिङको थाक्रेबाट फर्किइएको थियो । सो जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरिसकेको विमानस्थल कार्यालयले जनाएको छ । 

Advertisement

जहाजको संभावित दुर्घटना टर्दा चालक दलका सदस्य र यात्रुहरू सकुशल रहन सकेका छन् । श्री एयरलाइन्सको जहाज आपतकालिन अवतरण गर्ने भएपछि अन्य जहाजलाई होल्ड गर्ने र फर्काउने काम हुनुका साथै त्रिभुवन विमानस्थलका आकस्मिक सेवालाई अलर्ट गराइएको थियो । 

Advertisement

Advertisement