नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु

Advertisement

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मतदान शुरु भएको छ । 

बिहीवार बिहान १० बजेबाट राष्ट्रपतिका लागि मतदान शुरु भएको हो । संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । 

Advertisement

राष्ट्रपतिका लागि नेपाली काँग्रेसबाट वरिष्ठ नेता रामचन्द पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । 

९ दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो मत हालेका छन् । अर्का उम्मेदवार सुवासचन्द्र नेम्वाङले पनि मत हालिसकेका छन् । 

Advertisement

Advertisement