बुध्द एयरले पोखरा विमानस्थलमा रात्रिकालिन उडान थाल्यो

Advertisement

काठमाडौं । बुध्द एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा देशका विभिन्न चार गन्तव्यबाट बिहीबारदेखि रात्रिकालीन उडान सुरु गरेको छ । बुद्ध एयरले काठमाडौं, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट रात्रिकालिन उडान सुरु गरेको हो । 

यी चारै गन्तव्यका जहाजहरु रात्री विसान पोखरामै गरिएको छ । भोलिपल्ट बिहानै ती जहाजहरुबाट पुनः काठमाडौं, भैरहवा, नेपालगञ्ज तथा भद्रपुरको उडान भर्ने कम्पनीले जनाएको छ ।

Advertisement

बुध्द एयरका अनुसार यसले साँझमा पोखरा आई केही दिनको बसाई तथा घुमफिरबाट एकाबिहानै ती गन्तव्यहरुमा फर्किन सकिने छ । आईएफआर उडान नहुँदा पोखराको उडान दिउँसो ४ बजेसम्म मात्र सिमित हुने गरेको थियो । 

Advertisement

Advertisement