कोरियन इलेक्ट्रोनिक्स कम्पनी ‘एलजी’का उच्चअधिकारीहरु पदयात्राका लागि नेपाल आउँदै

Advertisement

काठमाडौं । कोरियाको इलेक्ट्रोनिक्स तथा घरायसी सामग्रीहरुको कम्पनी ‘एलजी’का उच्च अधिकारीहरुको टोली ‘क्याम्पिङ ट्रेक’का लागि नेपाल आउने भएको छ । 

कोरियन अल्पाइन फेडरेसन लियजनका अध्यक्षसहित आउन लागेको एलजीको टोली नेपालमा १४ दिन रहने छ । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य ङावा ङिमा शेर्पाले आउँदो अप्रिल १० तारिखमा एलजी ग्रुपका प्रतिनिधि नेपाल आउन लागेको बताए ।

Advertisement

एलजीका प्रतिनिधिले पिके पिक, लोअर एभरेष्टमा क्याम्पिङ ट्रेक गर्ने उनले बताए । शेर्पाले विगत १६ वर्षदेखि सोरा एडभेन्चर ट्रेक एण्ड एक्सपेडिशन नामक कम्पनी सञ्चालन गर्दै आएका छन् । 

व्यवसायी शेर्पाले कोरियनहरु विशेषगरी मार्च, अप्रिल र मे मा पदयात्राका लागि नेपाल आउने गरेको बताउँदै अघिल्ला दुई बर्षको तुलनामा यस बर्ष बुकिङ निकै राम्रो रहेको बताए । आफूहरुले सामुहिक पदयात्रा गराउने काम गर्दै आएको बताउँदै यस बर्ष कोरियाको उच्चस्तरीय टोलीलाई पदयात्रा गराउन लागेको बताए । 

एलजीको टोलीले पदयात्राका क्रममा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री दिने र स्थानीयसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको बताए । आफूले विगत २५ बर्षदेखि कोरियनहरुसँग काम गर्दै आएको सुनाउँदै केही कोरियनहरु १६–१७ पटकसम्म दोहोर्याएर नेपाल आउने गरेको बताए । कोरियनहरुको रोजाईमा अन्नपूर्ण बेस क्याम्प, लाङटाङ टे«क र एभरेष्टको काला पत्थर पर्ने गरेको छ । 
 

Advertisement

Advertisement