काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १६ सय रुपियाँ र चाँदी प्रतितोला ५५ रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ ।
यसैगरी चाँदी प्रतितोला १३ सय रुपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।