पोखरा जोमसोम उडानका क्रममा जहाज बादलभित्र उडाएको भन्दै दुई जना पाइलट निलम्बित

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा–जोमसोमको भीएसएफ (दृश्यावलोकन उडान)का  क्रममा बादलभित्र जहाज उडाएको भन्दै दुई जना पाइलटलाई निलम्बन गरेको छ । अर्को आदेश नभएसम्मका लागि उनीहरुलाई निलम्बन गरेको क्यानका क्यानका सुचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनले यस्तो उडान गर्ने वायुसेवा कम्पनी र पाइलटहरुको नाम भने खुलाउन चाहेनन् । 

भुलले भने, ‘भीएसएफ फ्लाइटका क्रममा बादलभित्र उडान गर्ने दुई जना पाइलटलाई प्राधिकरणले अर्को आदेश नभएसम्मका लागि उडान गर्न नपाउने गरी निलम्बन गरेर छानविन प्रक्रिया अघि बढाइएको हो । यस्तो उडानमा क्लियर अफ क्लाउड, फिल इन्साइड् भन्ने हुन्छ । बादलमा छिर्न हुँदैन्् । बादलबाट भर्टिकल तीन सय मिटर र होरिजेन्टल १५ सय मिटर टाडा हुनुपर्छ । यदि अगाडी बादल छ भने त्यो रुट उडाउनु हुन्न । त्यो भनेको आइकाओको नियम पनि हो । त्यो नियमविरुद्ध गएर पोखराबाट जोमसोमसम्मको उडान गर्ने एक वायुसेवा कम्पनीका चालक र स–चालक बादलभित्र छिरेको कुरा आएकाले छानविन पूरा नभएसम्मका लागि उडानमा रोक लगाएको हो ।’

Advertisement

Advertisement

Advertisement