हात बाँधेर स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिएकाले काम गर्न सकिएन्ः डंगोल

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकी कार्यवाहक मेयर सुनिता डंगोलले स्थानीय सरकारलाई ऐनमा बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्नलाई हात बाँधी दिएको गुनासो गरेकी छन् । 

बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ऐनमा स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिएपनि कार्यान्वयन गर्ने अधिकार खोसिदिएको गुनासो गरिन् । बजार अनुगमनको अधिकार मात्रै नभएर कार्यान्वयन गर्नको लागि आवश्यक कानून बनाउनुपर्ने डंगोलको भनाई छ । 

Advertisement

उनले काठमाडौं महानगरपालिकाले आफ्नो काम कतव्र्य, अधिकार र उपप्रमुखको प्रमुख अधिकारमा बजार अनुगमनलाई राखी तीब्र गतिमा सञ्चालन गर्ने काम गरिरहेको बताइन । डंगोलँले स्थानीय तहलाई कार्यान्वयन गर्न कानून नभएकाले महानगरले अनुगमन गर्दा विभिन्न समस्याहरु झेल्नुपरेको बतायन् । उनले स्थानीय तहको अधिकार क्षेत्रमा महानगरले अनुगमनलाई प्रभावकारी बनाउन ऐन संशोधन गर्ने काम र अनुगमन तीव्र गतिमा अगाडि बढाउनको निम्ति केन्द्र सरकारसँग समन्वय गरिरहेको बताइन् । 

डंगोलले तीनै तहमा सहकार्य समन्वय गरेर सह–अस्थित्वलाई स्वीकार गर्नुपर्छ भने पनि विभिन्न काम कतव्र्यहरु दोहोरो रहेको बताइन् । उनँले दोहोरो काम कर्तव्य हुँदा पनि काम गर्न कठिनाई भएको सुनाउँदै उपभोक्ताको हक अधिकार सुनिश्चित गर्न दोहोरो काम कतव्र्यलाई नीतिगत रुपमा नै सुधार गर्नुपर्ने बताइन् । 

बजार अनुगमन व्यक्तिगत भन्दा पनि स्वचालित प्रणालीमा हुनुपर्ने उनको भनाई छ । डंगोलले महानगरले उपभोक्ताको हक अधिकार सुनिश्चित गर्नको लागि तत्पर रहेको भन्दै सबैले फिल्डमा काम गर्दा निष्पक्ष भएर काम गर्न सक्नुपर्ने बताइन् । 

Advertisement

Advertisement