सुनको मूल्य घट्दा चाँदीको बढ्यो, यस्तो छ आजको बजार मूल्य

Advertisement

काठमाडौं । आइतबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपियाँ घट्दा चाँदीको मूल्य १० रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपियाँमा किनबेच भइरहेको छ ।

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement