सूर्यज्योति लाइफको एमडीआरटी भेलामा अभिकर्ता घिमिरेले पाए बुलेट बाईक

Advertisement

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको उत्कृष्ट व्यवसाय भित्र्याउन सफल अभिकर्ता एमडीआरटी लक्षित कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा गौरबकुमार शाही र कमलप्रसाद घिमिरेलाई विशेष सम्मान प्रदान गरिएको हो । 

घिमिरेलाई सूर्यज्योतीका (सीईओ) प्रकाशबिक्रम खत्रीले रोयल इन्फिल्ड मोटरसाईकल हस्तान्तरण गरेका थिए । सोहि कार्यक्रममा कम्पनीको २०८० सालको क्यालेन्डर अनावरण गरिएको छ ।

Advertisement

सम्मानित अभिकर्ता घिमिरले अभिकर्ता पेशालाई मर्यादित बनाउन अहोरात्र आफु खटिने जानकारी दिए । सूर्यज्योतीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रममा व्यक्त  गरेका थिए । सीईओ खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले अभिकर्ताहरुको संख्यामा वृद्धि गर्न हौसला दिने बताए ।

हाल सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीको चु्क्ता पूँजी चार अर्ब ५४ करोड रुपियाँ रहेको र भने देशभर १ सय ८१ शाखा कार्यालयहरुबाट कमम्पनीले बीमा सेवा प्रदान गरिरहेको छ ।

Advertisement

Advertisement