एनएलजी इन्स्योरेन्सको सत्रौं वार्षिक साधारणसभा सम्पन्न, दोहोरो अंकमा लाभांश दिने

Advertisement

काठमाडौं । एनएलजी इन्स्योरेन्सको १७ औं सोमबार सम्पन्न वार्षिक साधारणलेसभाले गत बर्षको मुनाफाबाट लगानीकर्तालाई १०.५२ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

सभाले आर्थिक वर्ष २०७ं८–७९ को नाफा—नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ । हाल एनएलजी इन्स्योरेन्सले चुक्ता पुँजी बढाएर तीन अर्ब रुपियाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गरेको छ । 

Advertisement

कम्पनीका अध्यक्ष विमल वाग्लेले आर्थिक वर्ष २०७८–७९ को संचित मुनाफाबाट चुक्ता पूँजी एक अर्ब ३२ करोड ६६ लाख रुपियाँको १० प्रतिशतका दरले हुन आउने रकम १३ करोड २६ लाख ६१ हजार ४३६ बराबरको बोनस शेयर वितरण गर्ने भएको छ । 

त्यस्तै, बोनस शेयरमा लाग्ने कर समायोजनार्थ नगद लाभांश ०.५२६३१५८ प्रतिशत समावेश गरी जम्मा लांभाश १०.५२६३१५८ प्रतिशत पारित गरेको हो । 

त्यस्तै, सञ्चालक समितिले रिक्त रहेको स्वतन्त्र संचालक पदमा कविराज अधिकारीलाई गत जेठ ३१ गतेदेखि नै लागू हुने गरी दिइएको चार वर्षे नियुक्तिलाई सदर गरेको कम्पनी सचिव मनोज श्रेष्ठले जानकारी दिए । 

Advertisement

Advertisement