डिशहोम आईटीभीमा आईपीएल क्रिकेट २०२३ शुद्ध एचडी क्वालिटिमा हेर्न सकिने

Advertisement

काठमाडौं । डिश मिडिया नेटवर्कले डिशहोम आईटीभीमा आईपीएल क्रिकेट २०२३ शुद्ध एचडी क्वालिटिमा हेर्न सकिने जनाएको छ । यो खेल मंगलबारबाट सुरु हुँदैछ । 

पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर आफूहरुले आईपी टिभी सेवा शुभारम्भ गरेको जानकारी गराँदै कम्पनीले नेपालको पहिलो प्रिमियम आईपी टिभी ‘एचडी आईटीभी, डीटीएच र टेरेस्टियोल (टीटू) भन्दा फरक प्रविधि (इन्टरनेट प्रोटोकल बेस्ड) भएको कारण यसमा आईपीएल क्रिकेट एचडी (हाई डिफिनिशन) क्वालिटिमा हेर्नसकिने जनाएको छ । 

Advertisement

यस्तै अन्तर्राष्ट्रिय सिरिजहरु जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफूले चाहेको समयमा हेर्न सकिने कम्पनीको भनाई छ । 

लाईभ टिभीमा दैनिक विभिन्न स्र्पोटस्, सिरिज, मुभी र रमाइलो टिभीमा एक्स्क्लुसिभ सिरियल भाग्य सिदुरको र आनन्दीसँगै अन्य सेवा प्रदायककोमा उपलव्ध नभएको स्पोर्टस टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजसहित दुई सयभन्दा बढी टिभी च्यानलहरु डिशहोममा हेर्न सकिन्छ । पाँच हजार घण्टाभन्दा बढि विभिन्न कन्टेन्ट, भिडियो अन डिमाण्ड, क्याचअप टिभी, स्र्टार्ट ओभर टिभी, युट्युब, टिकटकलगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलव्ध रहेको छ । 

इन्टरनेट प्रोटोकल (आईपी) नेटवर्कमार्फत टेलिभिजन सिग्नल प्राप्त हुने भएकाले यो सेवा लिनको लागि इन्टरनेट जडान भएको हुनुपर्छ । ग्राहकहरुले आफ्नो नजिकैको डिलरकोमा गएर वा हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर डिशहोम फाइबरनेट जडान गर्न सकिने डिश मिडियाको भनाई छ ।

Advertisement

Advertisement