डिशहोमको इन्टरनेटमा ‘खुशीको सेलेब्रेसन’ योजना घोषणा, तीन महिना बोनस प्राप्त हुने

Advertisement

काठमाडौं । टाइरेक्ट टू होम (डीटीएच) प्रविधिको टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले आफ्नो इन्टरनेट जडान गर्ने ग्राहकका लागि ‘खुशीको सेलेब्रेसन’ योजना घोषणा गरेको छ । 

डिशहोम इन्टरनेटको गुणस्तरयि सेवा प्रयोग गरी संसारभर छरिएर रहेका आफ्ना आफन्तसँग सम्वन्ध प्रगाढ बनाउन यो योजनाअन्तर्गत दुई सय तथा तीन सय एमबीपीएसको बार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप तीन महिना बोनस ग्राहकलाई प्रदान गरिने कम्पनीले जनाएको छ ।

Advertisement

यस योजनाबाट लाभ उठाउन डिशहोमको नजिकको डिलर तथा हटलाइन नम्बर ०१–५९७०३६५ मा सम्पर्क गर्न सकिन्छ । स्थापनाको छोटो अवधिमै साँढे तीन लाख बढी ग्राहकहरुलाई स्तरीय इन्टरनेट सेवा दिइरहेको डिशहोमले आफ्नो बजार विस्तारलाई तीब्रता दिँदै आएको छ । 

Advertisement

Advertisement