अर्थमन्त्रीले गभर्नरलाई मन्त्रालय बोलाए, ब्याजदर र बिग्रदो आर्थिक अवस्थाबारे छलफल हुँदै

Advertisement

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशसरण महतले मंगलबार गभर्नर महाप्रसाद अधिकारीलाई मन्त्रालय बोलाएका छन्। मन्त्री महतले बैंक ब्याजदर र बिग्रदो आर्थिक स्थितिबारे छलफल गर्न गभर्नर अधिकारीसँग छलफल सुरु गरेका हुन्।

 

Advertisement

अहिले मन्त्री महतको बैठक कक्षमा छलफल चलिरहेको छ। मन्त्रालय स्रोतका अनुसार ब्याजदर र आर्थिक स्थितिको विषयमा छलफल भैरहेको छ।

 

मन्त्रालय प्रवेश गरेसँग मन्त्री महतले कुनै वैरभाव नराखी अर्थ मन्त्रालय र राष्ट्र बैंकले काम गर्नुपर्ने बताएका थिए।

माओवादीको पार्टीको अर्थमन्त्री  हुदाँ एमालेले बनाएको गभर्नरलाई हटाउनु पर्ने भन्दै निलम्बनको प्रस्ताव गरिएको थियो।

सो ताका प्रधानमन्त्रीमा शेर बहादूर देउवा नै रहेका थिए। पुन: काँग्रेस सरकारमा आएपछि मन्त्री महतले भने गभर्नर र मन्त्रीबिच दुरी राख्न नहुने बताउँदै आएका छन्। बैठकमा अर्थसचिव तोयम राय राजस्व सचिव रामप्रसाद घिमिरे लगायत सहभागी छन्।  

Advertisement

Advertisement