सगरमाथा क्षेत्रमा पदयात्राका लागि गएका दुई विदेशी पर्यटकको मृत्यु

Advertisement

काठमाडौं । सगरमाथा क्षेत्रमा गएका दुई विदेशी पर्यटकको मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–२ रातमाटे जंगलमा अस्टेलियन नागरिकको निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रवक्ता प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिए । 

उनको हिजो सोमबार मृत्यु भएको हो । सोलुखुम्बुको लुक्ला पुगेका ६३ वर्षीय भ्यालेन्स थिल्प थोमसको लुक्लाबाट संखुवासभाको तुम्लिङ्गटारतर्फ पदयात्रा (टे«किङ)मा जार्दै गर्दा मृत्यु भएको हो । पदयात्राका क्रममा थोमस अचानक बिरामी भएपछि उसकै ग्रुपमा रहेका अस्टेलियन डाक्टरले प्राथमिक उपचार गरे पनि बचाउन नसकेको शाहले बताए । उनको शव आज मंगलबार काठमाडौं ल्याएर पोस्टमार्टमका लागि पठाइएको छ । 

Advertisement

त्यस्तै, केही दिनअघि (चैत १४ गते) जापानी नागरिक मृत्यु भएको थियो । अन्दाजी ५४ वर्षका हितोशी इशिदा पदयात्राका क्रममा बेपत्ता भएपछि खोज्न जाँदा शब भेटिएको हो । इशिदाले चैत ९ गते नाम्चेस्थित नेपाली सेनाको चेक प्वान्टमा इन्ट्री गराएको देखिएको चैत १३ गते बिहान खुम्बिला पास भन्ने ठाउँबाट लोबुचे जाने भनेर हिंडेको भन्दै प्रहरीले उनी बेपता भएको खबर आएसँगै खोजी गर्दा शब भेटिएको बताएको छ । इशिदा बिना गाइड पदयात्रा गएको जनाइएको छ । 

Advertisement

Advertisement