आन्तरिक उडानको हवाई भाडा दर घट्यो, कहाँको कति ?

Advertisement

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपियाँ घटाएसँगै हवाई भाडा समेत घटेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले इन्धनको मूल्य घटेअनुसार हवाई भाडा घटाउन प्राधिकरणले पहल गरेको बताए ।

Advertisement

भाडा समायोजनपछि धनगढि रु. ४४० ले भाडा घटेको छ भने काठमाडौं–सिमरा रु. ९० हवाई भाडा घटेको छ । त्यस्तै, माउन्टेन फ्लाइटमा ३४५ रुपियाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम् भाडा पाँच हजार ४९० रुपियाँ कायम भएको छ । 

त्यसैगरी, काठमाडौं–भद्रपुरका लागि ३०० रुपियाँ, विराटनगरलाई २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपियाँ, काठमाडौं–भैरहवा उडानको भाडा २०५ रुपियाँले घटेर तीन हजार २९५ रुपियाँ, काठमाडौं–नेपालगञ्ज ३२५, काठमाडौं–तुम्लिङटार १८५, काठमाडौं–सिमरा ९० रुपियाँ, काठमाडौं–सुर्खेत ३४५ र काठमाडौं–राजविराज २०५ रुपियाँले भाडा घटेको छ । यो भाडादर २२ चैतदेखि लागू हुनेछ ।

Advertisement

Advertisement