विश्व कीर्तिमानी कामिरिता शेर्पा २७ औं पटक सगरमाथा चढ्ने

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा सर्वोच्च शिखर सगरमाथा २७औं पटक चढ्ने भएका छन् । उनले २६ पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड तोड्न सफल भएका थिए । 

शेर्पाले यही वसन्त ऋतुमा २७औं पटक सगरमाथा चढ्न लागेका हुन् । अबको ५–६ दिनमा सगरमाथा आधार शिविर प्रस्थान गर्ने उनले कपोरेट नेपाललाई जानकारी दिए । 

Advertisement

खुम्बु पासाङल्हामु गाउपालिकाको थामेका ५३ वर्षीय कामिरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चो ओयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, एक पटक केटु गरी ३९ पटक विश्वका अग्ला हिमालहरुको आरोहण गरिसकेका छन् । 

यसअघि उनले तीन सिजनमा दुई–दुई पटक सगरमाथा आरोहण गरिसकेका छन् । शेर्पाले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए । साथै २०१९ मा ६ दिनमा २ पटक, २०२१ र २०२२ मा क्याम्प–२ देखि सगरमाथाको चुचुरो सम्म डोरी टाँग्न नेतृत्व गरेका थिए । यस सिर्जनमा भने उनले सेभेन समिट टे«स र १४ पिकस एक्स्पडिशनको टिमलाई नेतृत्व गर्दै सगरमाथाको ओरोहण गर्न लागेका उनले बताए । 

यसले नेपालको पर्यटन क्षेत्रमा प्रवर्द्धन गर्न सहयोग हुने शेर्पाको विश्वास छ । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका उनको नाममा ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।

Advertisement

Advertisement