महासंघको निर्वाचनमा मोबाइल निषेध ! निर्वाचन समितिको १२ बुँदे सूचनासहित

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्वाचन प्रभावित हुने भन्दै गोप्य मतदान कक्षमा मोबाइल लैजान रोक लगाएको छ । मत खरिद बिक्री हुन सक्ने भन्दै मतदान केन्द्रमा मोबाइल निषेध गरिएको हो ।

महासंघ निर्वाचन समितिले १२ बुँदे सूचना जारी गर्दै निर्वाचनलाई भयरहित बनाउने उल्लेख गरेको छ । समितिले निर्वाचन स्थलमा गर्न नपाउने कार्यहरुको बारेमा सुझाएको हो । 

Advertisement

यस्तो छ १२ बुँदे सूचना

1. नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंको सम्पूर्ण कम्पाउण्ड एरियालाई मतदान केन्द्र कायम गरिएको छ ।

2. मतदान केन्द्र भित्र कुनै पनि उम्मेद्वार वा समूहको फ्लेक्स, व्यानरहरु टास्न, झुण्डाउन र भड्किलो प्रदर्शन गर्न निषेध गरिएको छ ।

3. २०७९/१२/२९ गते विहान ८:०० बजेदेखि दिउसो ४:०० बजेसम्म मतदान समय निर्धारित गरिएको छ । उक्त समयावधि भित्र मतदान केन्द्र भित्र प्रवेश गरिसकेका मतदातालाई जतिसुकै समय लागे पनि मतदान गर्न दिइने छ ।

4. कुनै कारणले विहान ८:०० बजे मतदान शुरु हुन नसकेमा जति समय ढिलो हुन्छ त्यत्तिनै समय थप गरी मतदान समय निर्धारण गरिने छ ।

5. महासंघको विधान अनुसार बरिष्ठ उपाध्यक्षको उम्मेद्वार निर्वाचत हुन ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने भएकोले कुनै उम्मेद्वार पहिलो चरणमा निर्वाचित हुन नसकेमा दोश्रो चरणको निर्वाचन मिति २०७९ / १२ / ३० का दिन दिनको ११:०० बजेदेखि ५:०० बजेसम्म सम्पन्न गरिने छ । कुनै कारण तोकिएको समयमा मतदान कार्य शुरु गर्न ढिलाइ हुने भएमा मतदान केन्द्रमा सूचना प्रकाशित गरि जानकारी गराईनेछ ।

6. मतदान गर्न जांदा मत संकेत गर्ने कोठमा मोबाइल, क्यामेरा तथा सलाई लाइटर जस्तै प्रज्ज्लनशिल पदार्थ, तरल पदार्थ लिई जान निधेष गरिएको छ । आफ्नो मोबाइल, क्यामरा, झोला लगायतका वस्तुहरु आफन्त वा सुरक्षा कर्मीलाई बुझाई जान हुन समेत सूचित गरिन्छ ।

7. मतदान गर्न आउदा महासंघद्वारा जारी मुख्य प्रतिनिधि परिचय पत्रका साथ आफ्नो परिचय खुल्ने फोटो सहितको परिचय पत्र लिई आउनु हुन सूचित गरिन्छ ।

8. जिल्ला / नगर समूहको लागि मतदान केन्द्र -१, वस्तुगत संघ समूहको लागि मतदान केन्द्र- १ र एशोसिएशट तर्फ मतदान केन्द्र-३ कायम गरिएको छ । आ आफ्नो मतदान केन्द्रमा लाइनमा बसी शान्तिपूर्ण किसिमले मतदान गर्नुहुन सूचित गरिन्छा

9. जिल्ला / नगर समूहका सबै पद (बरिष्ठ उपाध्यक्ष सहित) का लागि रातो रंगको मतपत्र, वस्तुगत समूहका सबै पद (बरिष्ठ उपाध्यक्ष सहित ) का लागि निलो रंगको मतपत्र, एशोसिएट समूहका सबै पद (बरिष्ठ उपाध्यक्ष सहित) का लागि सेतो रंगको मतपत्र निर्धारण गरिएको छ । प्रदेश सदस्य र संस्थापक समूह सदस्य पदको मतपत्र पहेलो रंगको हुनेछ ।

10. मत गणना स्थलमा मादक पदार्थ सेवन गरी प्रवेश गरी होहल्ला गर्न शान्ति सुव्यवस्था खलल पार्न निषेध गरिएको छ । यस्तो कृयाकलाप भए गरेको पाइएमा सुरक्षा कर्मीको सहायताले हल बाहिर पठाउन सकिनेछ ।

11. मतपत्र दिनु अघि हस्ताक्षर गरी आफ्नो परिचय पत्रमा मतदान गरेको संकेत स्वरुप परिचय पत्रमा प्वाल पारिने भएकोले सो समेत गराई मत पत्र रुजु गरी बुझी लिन र पद अनुसारका अलग अलग मत पेटिका राखिएकोले कुन मत पत्र कुन मत पेटिका खसाल्ने हो सो समेत यकिन गरी सम्बन्धित मतपेटिकामा खसाल्नु हुन समेत सूचित गरिन्छ ।

12. बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका उम्मेद्वारहरुले तीन तीन जना मतदान / मत गणना प्रतिनिधि राख्न सक्ने भएकोले मतदान शुरु अघि प्रतिनिधि तोकि पठाउन हुन समेत सूचित गरिन्छ ।

Advertisement

Advertisement