हेली एभरेष्टको हेलिकप्टर धवलागिरी आधार शिवरको ढिस्कोमा ठोक्किएर दुर्घटना

Advertisement

काठमाडौं । पोखराबाट धवलागिरी आधार शिविर गएको हेलिकप्टर धवलागिरी आधार शिविरको ढिस्कोमा ठोक्किएर दुर्घटना भएको छ । 

दुर्घटनामा हेलिकप्टरकी क्याप्टेन प्रिया अधिकारी घाइते भएकी छन् । उनलाई एयर डाइनाष्टीको हेलिकप्टरले उद्दार गरी काठमाडौं ल्याइरहेको छ । 

Advertisement

दुर्घटनाग्रस्त हेलिकप्टरमा क्याप्टेन अधिकारी मात्रै थिइन् । हेलिकप्टर अवतरण गर्न लाग्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । ९एन एएनबी कलसाइनको यो हेलिकप्टर पल्टिएर दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । 

पोखराबाट १२ः०५ मिनेटमा उँडेको यो हेलिकप्टरले अन्नपूर्ण आधार शिविर र धवलागिरी आधार शिविरमा सामान ओसार्ने काम गरिरहेको थियो । 
 

Advertisement

Advertisement