पर्वतारोही निमा डोमा शेर्पाले गरिन भर्मन्टको सबैभन्दा अग्लो हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । पर्वतारोही निमा डोमा शेर्पाले भर्मन्टको सबैभन्दा अग्लो हिमाल माउन्ट म्यानफिल्ड (४,३९५ फिट)को सफल आरोहण गरेकी छन् । 

उनले यही गएको अप्रिल ३ मा दिउसो १ः३० बजे आरोहण गरेकी हुन् । सन् २०१४ मा सगरमाथा आरोहणका क्रममा शेर्पाका श्रीमानको हिउँ पहिरोमा परेर ज्यान गएको थियो । 

Advertisement

श्रीमानको मृत्युपछि दुई सन्तानलाई निकै कष्टका साथ लालनपालन गर्दै आएकी निमाले आफ्नो श्रीमानको पथ पछ्याउँदै सन् २०१८ बाट आफू पनि हिमाल आरोहण गर्ने जोखिमपूर्ण यात्रामा निस्किएकी हुन् । 

त्यस्तै, उनले यसअघि गत कात्तिक १९ गतेका दिन बिहान चार जना महिलासहित खुम्बुस्थित माउन्ट चोलात्से (६,४४० मिटर)को सफलतापूर्वक आरोहण गरेकी थिइन् । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ४ खुम्जुङ निवासी निमा ३८ वर्षकी छन् । 

Advertisement

Advertisement