वस्तुगततर्फको उपाध्यक्षमा हिराचन नै योग्य उम्मेदवारः निर्माण व्यवसायी महासंघ

Advertisement

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा सकुन्तलाल हिराचनलाई निर्वाचित गराउन अपील गरेको छ । 

महासंघका अध्यक्ष रवि सिंहले आज विज्ञप्ति प्रकाशित गरी संस्थाका पूर्व अध्यक्ष हिराचन उक्त पदका लागि योग्य उम्मेदवार भएको दाबी गरेका छन् । 

Advertisement

उद्योग वाणिज्य महासंघका पाँच कार्यकाल कार्यकारिणी सदस्य र हाल कोषाध्यक्ष रहेका हिराचन आगामी कार्यकालका लागि योग्य उम्मेदवार भएकाले उनका पक्षमा मतदान गर्न अपील गरेको हो । 

हिराचनले निर्माण व्यवसायी महांघमा दुई कार्यकाल महासचिव र दुई कार्यकाल अध्यक्ष भई सफल नेतृत्व प्रदान गरेको विज्ञप्तिमा उल्लेद छ । 
 

Advertisement

Advertisement