सगरमाथा आरोहणका लागि गएका तीन जना शेर्पा हिमपहिरोमा बेपत्ता, उद्दार प्रयास जारी

Advertisement

काठमाडौं । वसन्त सिजनको आरोहण सुरु भएसँगै सगरमाथा आरोहणका लागि गएका तीन जना आरोहीको हिम पहिरोमा परी बेपत्ता भएका छन् । बुधबार बिहान ९ः३० बजे आएको हिमपहिरोमा परेर उनीहरु बेपत्ता भएका हुन् । 

आधार शिविरबाट माथि र क्याम्प एकभन्दा तल पाँच हजार सात सय मिटरको उचाईस्थित खुम्बु आइसफलमा आएको हिमपहिरोमा परी बेपत्ता हुनेमा दा छिरि शेर्पा, पेम्बा तेन्जिङ शेर्पा र लाक्पा रिता शेर्पा छन् । 

Advertisement

लोबुचे हिमाल आरोहरणकै क्रममा रहेकी कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पाका अनुसार हिम पहिरोमा परी तीन जना बेपत्ता भएको र उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । बेपत्ता भएकाहरुको उद्दार कार्य भइरहेको शेर्पाले बताइन् । मृतकको उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर परिचालन गरिए पनि हिम पहिरोमा निकै तल पुरिएका उनीहरुको उद्दार गर्न निकै कठिनाई भइरहेको उद्धारकर्ताहरुको भनाई छ । 

क्याम्प १ तर्फ जानेक्रममा एक्कासी हिमपहिरो आएपछि तीनै जना शेर्पा करिब ५० मिटर तल बगेर पुरिएका थिए । 

Advertisement

Advertisement