साढे ५ वर्षमा ५ लाख नेक्सन बिक्रीः के के छन् विशेषता ?

Advertisement

काठमाडौं । टाटा मोटर्सले भारतीय बजारमा ५ लाख वटा नेक्सन विक्री वितरण सफल भएको छ । 

कम्पनीको पुनास्थित रंजनगाव म्यानुफ्याक्चरिंग युनिटमा निर्मित यस गाडी  सन् २०१७ बाट बजारमा ल्याइएको थियो ।  साढे पाँच वर्षको छोटो अवधिमै  यसले उक्त  सफलता हासिल  गरेको हो । अझ उल्लेखनीय पक्ष भनेको  ५ लाख मध्ये   पछिका १  लाख केवल सात महिनामा विक्री भएको थियो ।  

Advertisement

हालका वर्षहरुमा नेक्सन कम्पनीको निरन्तर बजारले रुचाएको मोडेल रुपमा स्थापित भएको छ ।  सन् २०२० मा  ूफेसलिफ्टूको आगमन पछि यसको वजार विस्तारले झन् तिब्र  ढंगले अगाडि बढेको पाइन्छ ।

नेक्सन  १२०० सय सिसिको रेभोट्रन  पेट्रोल  इन्जिन र १५०० सिसिको रेभोटर्क डिजेल इन्जिन उपल्क्ब्ध छ।  पहिलो प्रकारमा  १२० हर्सपावर एवं १७० एनएमको ूपिक टर्कूको क्षमता छ भने दोस्रो प्रकारमा  १२० हर्सपावरको शक्ति एवं १७० एनएमको ूपिक टर्कूको क्षमता छ ।  दुवैमा म्यानुएल ट्रान्समिसन स्ट्यानडर्डको रुपमा र  सिक्स स्पिड एटिएमको रुपमा रहेको छ।  

नेक्सन एसयुभीले मारुती सुजुकी ब्रेज्ज़ा, ह्युनडाइ भेनु , किया सोनेट, महिन्द्रा एक्सयुभी ३००, निसान म्याग्नाइट र रेनल्ट किगरसँग सशक्त ढंगले प्रतिस्पर्धा गरिरहेको छ । यसमा टचस्क्रिन सिस्टम, सेमी–डिजिटल इन्स्ट्रुमेन्ट कन्सल, थ्री–स्पोक फ्ल्याट–बटम स्टिरिंग व्हिल, स्वचालित क्लाइमेट कन्ट्रोल , क्रुज कन्ट्रोल जस्ता विशेषताहरु छन् ।  

सर्वोत्कृष्ट सुरक्षाको लागि नेक्सनले  ग्लोबल एनसीएपीद्वारा पाँच–तारे गाडीको मान्यता प्राप्त गरेको छ । यस गाडीले बजारमा अग्रगति लिनुको पछाडी यो  एक प्रमुख कारण हो ।  

नेक्सनको विद्धुतीय संस्करणले पनि बजारमा अग्रस्थानमा रहेको छ ।  नेक्सन इभी हाल भारतको सबैभन्दा बढी विक्री भइरहेको विद्धुतीय गाडीको हो ।        

टाटाको  यस वर्षको अन्त्यसम्म नेक्सनको  अझ परिष्कृत र परिमार्जित स्वरुप बजारमा ल्याउने योजना  छ । यो नँया स्वरुप अटो एक्पो २०२३ मा प्रदर्शन गरिएको ूकर्भ अवधारणाूमा आधारित छ ।  १२०० सिसिको टर्बो पेट्रोल इन्जिन भएको यो गाडीको शक्ति  १२५ हर्सपावर बराबर हुनेछ ।         

Advertisement

Advertisement