कुमारी बैंकले बढायो नाफा, प्रतिशेयर आम्दानी कति ?

Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आव २०७९/८० को त्रैमाससम्म १ अर्ब ८२ करोड २ लाख रुपियाँ खुद नाफा कमाएका छछ । एनसीसी बैंकलाई मर्जको बैंकले आज अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको हो ।

गत आर्थिक वर्षको समीक्षा आवधिमा १ अर्ब ८० करोड रुपियाँ खुद नाफा कमाएको थियो ।

Advertisement

बैंकको खुद ब्याज आम्दानी ८४.७५ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६७.८८ प्रतिशत बढेको छ । निष्क्रिय कर्जा ३.९७ प्रतिशत र इम्पेरमेन्ट ३ अर्ब ९६ करोड रुपियाँ पुगेको छ । बैंकको वितरण योग्य मुनाफा २४ लाख ८६ हजार रुपियाँ रहेको रिपोर्टमा उल्लेख छ । 

बैंकको प्रतिशेयर आम्दानी ९ रुपियाँ २५ पैसामा सीमित भएको छ । बैंकको मूल्य आम्दानी अनुपात १९.०२ गुणा र प्रतिशेयर नेटवर्थ १४० रुपियाँ २९ पैसा छ ।

बैंकको जगेडा कोषमा १० अर्ब ५६ करोड रुपियाँ छ, निक्षेप ७१.५७ प्रतिशत कर्जा ८०.८१ प्रतिशत बढेको आज प्रकाशित रिपोर्टमा उल्लेख छ । 

Advertisement

Advertisement