हिमालयन बैंकले बढायो नाफा, नौ महिनामा कमायो पौने दुई अर्ब

Advertisement

काठमाडौं । हिमालयन बैंकले चालु आव २०७९/८० को तेस्रो त्रैमाससम्म १ अर्ब ७३ करोड रुपियाँ खुद नाफा कमाएको छ । सिभिल बैंकलाई प्राप्ति गरेको बैंकले आज चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । 

अघिल्लो वर्षको समीक्षा अवधिमा बैंकले खुद नाफा १ अर्ब ३९ करोड रुपियाँ कमाएको थियो । 

Advertisement

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३२ करोड रुपैयाँले ऋणात्मक रहेको छ । बैंकले २ अर्ब ५२ करोड रुपियाँ सञ्चालन मुनाफा आर्जन गरेको रिपोर्टमा उल्लेख​ छ । अघिल्लो वर्ष समीक्षा अवधिमा सञ्चालन मुनाफा १ अर्ब ९९ करोड रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी ९३.१३ प्रतिशतले बढेर ६ अर्ब ४९ करोड रुपियाँ भएको छ । 

बैंकले २ खर्ब ६३ अर्ब रुपियाँ निक्षेप संकलन गरी २ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । 

चुक्तापुँजी २१ अर्ब ६५ करोड रुपियाँ रहेको बैंकको रिजर्भको आकार भने १०८.२५ प्रतिशतले बढेर १३ अर्ब ४८ करोड पुगेको छ । 

बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.५६ प्रतिशत पुगेको छ । 

बैंकको ईपीएस बढेर १५.०४ रुपियाँ कायम भएको छ । पीई रेसियो १५.३६ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५६.१४ रुपियाँ रहेको आज प्रकाशित रिपोर्टमा उल्लेख छ । 

Advertisement

Advertisement