काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले चैत्र २८ गतेदेखि बैशाख ३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ शुक्रबार दिउँसो बाँडफाँट गरिने भएको छ ।
बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटका अनुसारका अनुसार दिउँसो ३ दिन आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।
कम्पनीको आईपीओका लागि १३ लाख ३९ हजार ४ सय ४० जनाले १ अर्ब ४७ करोड ६२ लाख ६२ हजार रुपियाँ बराबरको १ करोड ४७ लाख ६२ हजार ६ सय २० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले सर्वसाधारणका लागि १२ लाख ७१ हजार ८ सय ८६ कित्ता आईपीओ निष्काशन गरेको थियो । सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १ लाख २७ हजार १ सय ८२ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।
कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक, र कम्पनीका कर्मचारीमा शेयर बाँडफाँड गरिसकेको छ । सामुहिक लगानी कोष योजनाको लागि भने ६८ हजार १७ कित्ता शेयर सुरक्षित गरिएको छ ।
उक्त कम्पनीले दैलेखमा ४.८ मेगावाटको पदम खोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।