राजस्व अनुसन्धानले  भेडासिंगबाट समात्यो २५ बोरा कपडा, 'मेरो सामान हो भन्दै आइपुगे रामेश्वर तिवारी'

Advertisement

काठमाडौं। राजस्व अनुसन्धान विभागले इन्द्रचोकस्थित भेडासिंहबाट कपडा समातेको छ। विभागले विषेश सूचनाको आधारमा कपडा नियन्त्रणमा लिएको हो।

बिहिबार  दिउँसो राजस्व अनुसन्धानको टोली सामान थुपारेको स्थानमा पुगेको थियो। विभागको टोली पुग्दा व्यावसायी सामानै छाडेर भागेका थिए। यस्तै टोलीले गोदाम पत्ता लगाउन सक्ने भन्दै सटर अघिका सामान समेत मेरो होइन भन्दै व्यावसायी पाखा लागेका थिए।

Advertisement

केहि समयपछि सामान मेरो भन्दै रामेश्वर तिवारी आइपुगेका छन्। तर उनी सामान धनि नभएको अनुमान गरिएको छ। उनी शुक्रबार बिहान ११ बजे विभाग हाजिर गर्ने भनि सहमति जनाएका छन्।  

विभागको टोलीले बरामद गरेको सामाग्री २५ बोरा रहेको छ। जसमा कुर्था सुरुवाल, सारी, कोटका कपडा लगायत रहेका छन्। कपडा करिब ३४ लाख रुपैंया बराबरको रहेको अनुमान छ। यस विषयमा विभागले थप अनुसन्धान गरेर कारबाही प्रकृया अघि बढाउनेछ।

यसअघि विभागले असन चोकमा १ सय ३ पोका कपडा बरामद गरेको थियो। तर सो बेला गाडी सहित कपडा छाडेर व्यावसायी तथा ड्राइभर भागेपछि सवारी धनिलाई विपक्षी बनाएर विभागले मुद्दा दायार गरेको छ। महाबौद्ध तथा न्यूरोड आसपास व्यावसाय गर्ने व्यावसायीहरुमा भन्सार तथा कर छलिको समस्या रहेको भन्दै विभागले अनुसन्धान कडा बनाएको छ।

Advertisement

Advertisement