किसानहरुको समस्या समाधानको मागसहित नुवाकोटका घिमिरे ६ दिनदेखि आमरण अनशनमा

Advertisement

काठमाडौं । किसानहरुको समस्या समाधानको मागसहित नुवाकोटका श्रीराम घिमिरे आमरण अनशनमा बसेका छन् । 

कृषकलाई अनुदान दिनुपर्नेदेखि बैंकको व्याज २ प्रतिशतमा झार्नु पर्ने मागसहित घिमिरे बैशाख ५ गतेदेखी आमरण अनशन बसेका हुन् ।  

Advertisement

मल, बिउ तथा औजारको सुलभ उपलब्धता आवश्यक रहेको, दश प्रतिशत बजेट कृषिलाई मात्रै छुट्याउनु पर्ने, प्रोजेक्ट लोनका लागि ५० लाख रुपियाँमा एक प्रतिशतसम्म ब्याज कायम हुनुपर्ने माग गरेका हुन् । 

साथै, कृषक कार्ड बनाउनु पर्ने र यातायातमा कृषकलाई ५० प्रतिशत भाडा छुट दिनु पर्ने माग गरेका छन् । 

Advertisement

Advertisement