काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ इन्जिन फेल भएको फ्लाई दुवईको जहाज काठमाडौंमा आवकस्मिक अवतरण नगरी गन्तव्यतर्फ सिधै गएको छ ।
आकस्मिक अवतरण गर्न इन्धन सक्नुपर्ने भएकाले पनि दुवईका लागि उठेको सो जहाज काठमाडौंमा अवतरणका लागि नपर्खिकन दुवईका लागि सिधै गएको हुनसक्ने अनुमान गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार विमानका दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई पाइलटले जानकारी गराएका छन् । उड्ने क्रममा काठमाडौंको आकाशमा निकै भयानक आवाज आएको थियो ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि जहाज गन्तव्यतर्फ गइरहेको र सुरक्षित रहेको बताएका छन् । उक्त जहाज भारतको कुनै विमानस्थलमा आकस्मिक अवरतण गर्न बढी सुरक्षित हुने ठानेको हुनसक्ने अडकल पनि प्राधिकरणको छ ।