राजनीतिमा बदनाम र असफल हुँदै आए पनि बारा– २ बाट उपेन्द्र यादव विजयी

Advertisement

काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । सत्तारुढ गठवन्धनको समेत समर्थन पाएका उनले पाँच हजार ८१ मतान्तरले निकट प्रतिस्पर्धीलाई हराएका हुन् । 

यादवले २८ हजार ४१५ मत ल्याए भने उनका निकट प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मत पाए । त्यस्तै, एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २१६ मतसहित तेस्रो भए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ८२९ र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले दुई हजार ७३८ मत पाए । 

Advertisement

गत मंसिर ४ को चुनावमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग दोब्बर बढी मतले पराजित भएका यादव अहिले भने आफूलाई विजयी गराउन सफल भएका छन् । आफू बारा २ बाट चुनाव जित्न उनले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएका थिए । 

शहरी क्षेत्रका आम मतदातामा चेतनाको विकास भए पनि पहाडी र तराईका केही क्षेत्रमा भने अझै पनि पटक पटक असफल भइसकेका पूराना दलहरुलाई नै भोट हाल्ने, पैसा, मासु, रक्सी, कपडामा बिकेर भोट हाल्ने संस्कार बाँकी नै छ । यसमा गरिवी र पूराना दलका स्थानीय नेताले समाजमा कायम राख्दै आएको डर त्रास पनि कारकको रुपमा रहेको छ । 

नेपाली राजनीतिमा पटक पटक बदनाम र असफल भइसकेका उपेन्द्र यादवको विजयलाई पनि तिनै कारकहरुको रुपमा हेरिएको छ । जनताले आशा गरेका जनमत पार्टी र स्वतन्त्र पार्टीले पनि आशा लाग्दो नेतृत्व प्रस्तुत गर्न नसक्दा यादवलाई सहज भएको देखिन्छ । उनी गौर नरसंहारका मुख्य आरोपी पनि हुन् । 

Advertisement

Advertisement