चीन र अमेरिकाका लागि राजदूत र सर्वोच्चका न्यायाधीशहरु नियुक्त

Advertisement

काठमाडौं । छिमेकी चीन र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरिएको छ । त्यस्तै, सर्वोच्च अदालतका दुई न्यायाधीश पनि नियुक्त भएका छन् । राष्ट्रपति कार्यालयले उनीहरुको नियुक्ति गरेको हो । 

डा. कृष्णप्रसाद ओली चीनका लागि र लोकदर्शन रेग्मी अमेरिकाका लगि राजदूत नियुक्त भएका हुन् । त्यस्तै, उच्च अदालत, पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डे सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका छन् । 

Advertisement

संसदीय सुनुवाईपछि उनीहरुलाई नियुक्तिका लागि मन्त्रिपरिषदले सिफारिस गरेको थियो । 

Advertisement

Advertisement