एईसीसी ग्लोबलद्धारा सफलतापूर्वक 'ग्लोबल एजुकेशन फेयर' सञ्चालन

Advertisement

काठमाडौं । एईसीसी ग्लोबल नेपालले बुधबार काठमाडौंमा सफलतापूर्वक ग्लोबल एजुकेशन फेयर २०२३ सञ्चालन गरेको छ । एईसीसीले यस किसिमको शैक्षिक मेला आज बिहीबार चितवनमा र यसपछि शनिबार पोखरामा आयोजना गर्दैछ ।

काठमाडौंमा सम्पन्न मेलामा सयौं विद्यार्थीहरु सहभागी भएका थिए । उक्त मेलामा अष्ट्रेलिया, अमेरिका, क्यानडाका ३० भन्दा बढी कोर्ष प्रदायकहरुको उपस्थिति थियो । आईईएलटीएस, टोफेल र पीटीईका प्रतिनिधिहरु समेत सहभागी मेलामा सानिमा बैंक, माछापुछ्रे बैंक, एसबिआई बैंक, ग्लोबल आईएमई बैंकले निःशुल्क वित्तीय परामर्श प्रदान गरेका थिए ।

Advertisement

कार्यक्रममा गरिएको क्विज गेम्समा विद्यार्थीहरुले फिल्मको टिकट र विभिन्न उपहार हात पार्न सफल भएको बताउँदै संस्थाले यस किसिमको प्रतियोगिता चितवन र पोखराको मेलामा पनि हुने बताएको छ । अष्ट्रेलियामा आधारित बहुर्राष्ट्रिय शैक्षिक परामर्श तथा भिसा प्रदायक संस्था एईसीसी विगत १२ बर्षदेखि नेपालमा क्रियाशील छ ।  

Advertisement

Advertisement