रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सले भोलि परीक्षण उडान गर्ने

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले भोलि शुक्रबार रेसुंगा विमानस्थलमा परीक्षण उडान गर्ने भएको छ ।नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले गुल्मेलीहरुलागि यो खुःसीको खबर भएको बताए । 

रेसुंगा विमानस्थलमा यसअघि तारा एयरले परीक्षण उडान गरिसकेको छ । अब नेपाल वायुसेवा निगमले आफ्नो आवश्यकताअनुसार परीक्षण उडान गर्न लागेको भुलले जानकारी दिए । परीक्षण उडानपछि निगमले स्थानीय पालिकासँग मिलेर हप्तामा दुई व्यवसायिक उडान गर्ने उनले बताए । 

Advertisement

परीक्षण उडानका लागि काठमाडौंबाट बिहान ८ बजे जाने तालिका रहेको छ । यसअघि प्राधिकरणले बक्यौता नतिरेको भन्दै निगमको रेसुंगा परीक्षण उडान रोकेको थियो । 

Advertisement

Advertisement